२०८३ बैशाख १६ गते बुधवार | 2026 April 29th Wednesday

नेपाल पत्रकार महासंघ जापान शाखाको छैटौँ अधिवेशन २०२५ नोभेम्बर २३ मा हुने

नेपाली पत्रकारहरूको साझा संगठन नेपाल पत्रकार महासंघ (FNJ) जापान शाखाले आफ्नो छैटौँ अधिवेशन २०२५ नोभेम्बर २३ (आइतवार) का दिन सम्पन्न गर्ने भएको छ।

‘सूचनाको हक, प्रेस स्वतन्त्रता, श्रमजिवी पत्रकारहरूको हितमा हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित आयोजना हुन लागेको यो अधिवेशन औपचारिक रूपमा तयारीको अन्तिम चरणमा पुगेको महासंघले जनाएको छ।

कार्यक्रम अन्तर्गत उद्घाटन समारोह, पत्रकारिता प्रशिक्षण तथा बन्द सत्र बिहान ११:०० देखि दिउँसो ३:३० बजेसम्म सञ्चालन हुनेछ भने घोषणा सभा दिउँसो ४:३० बजेबाट सुरु हुने छ।

अधिवेशन तथा घोषणा सभा Musashino Place मा आयोजना हुनेछ, जुन Musashi Sakai Station नजिकै अवस्थित छ।

महासंघले जापानमा रहेका सबै पत्रकार, मिडियाकर्मी तथा नेपाली समुदायलाई उक्त कार्यक्रममा सहभागी भई पत्रकारहरूको साझा मञ्चलाई अझ सशक्त बनाउन आह्वान गरेको छ।

प्रकाशित मिति : २०८२ कार्तिक २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस