२०८३ जेष्ठ २ गते शनिवार | 2026 May 16th Saturday

पर्वत समाज कतारले सातौ अधिबेशन तथा २२ औ स्थापना दिवस एवम बिबिध साँस्कृतिक कार्यक्रम गर्दै

दोहा -पर्वत समाज कतारले सातौ अधिबेशन तथा २२ औ स्थापना दिवस एवम बिबिध साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

“निस्वार्थ सेवामा हाम्रो पर्वत राम्रो पर्वत ” भन्ने मुल नारा सहित सन् २००३ मा स्थापना भएको समाजले २२ औ स्थापना दिवस एवम बिबिध साँस्कृतिक कार्यक्रम गर्ने भएको हो।

डिसेम्बर २० तारिक शुक्रबार सनैया स्थित फुलबारी रेस्टुरेन्टमा हुने कार्यक्रमलाई भव्य तथा सभ्य रूपमा सफल पार्न कतारवासी पर्वत जिल्ला निवासीहरूलाई आयोजकले आग्रह गरेको छ।

समाजले स्थापना कालदेखी सामाजिक,साँस्कृतिक एवम परोपकारी कार्यहरु गर्दै आएको छ।

 

 

 

 

प्रकाशित मिति : २०८१ मङ्सिर ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस