२०८३ बैशाख २ गते बुधवार | 2026 April 15th Wednesday

प्रगतिशील देउसी–भैली कार्यक्रम भव्य रूपमा सम्पन्न

दोहा, कतार – कतार नेपाली एकता समाज केन्द्रीय समितिले आयोजना गरेको २०८२ सालको प्रगतिशील देउसी–भैली कार्यक्रम २०२५ अक्टोबर २४ मा दोहामा भव्य रूपमा सम्पन्न गरियो।

कार्यक्रमको सञ्चालन समाजका महासचिव मिनराज पुन मगरले गरे। अध्यक्षता समाजका अध्यक्ष राम प्रसाद पराजुलीले गरे भने प्रमुख अतिथि अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सल्लाहकार खिम बुढा मगर रहेका थिए।

विशेष अतिथिमा कतार नेपाली एकता समाजका सचिव बलदेव राना मगर, केन्द्रीय सदस्य सत्यबहादुर पुन मगर, महिला विभाग सदस्य हिरा शर्मा, रक्त्तिम सांस्कृतिक अभियानका विभिन्न विभागका प्रमुख, सल्लाहकार, कार्यसमिति सदस्य तथा  प्रतिनिधिहरू सहित कतारमा स्थापित विभिन्न वैचारिक तथा सामाजिक संस्थाका प्रमुख र प्रतिनिधिहरूको पनि उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रमको सुरुवातमा देश र जनताको लागि जीवन अर्पण गर्ने सहिदहरूको सम्झनामा १ मिनेट मौनधारण गरियो र दियो बालेर अतिथीहरूले संयुक्त रूपमा ब्यानर खोलेर कार्यक्रमको उद्घाटन गरे।

समाजका केन्द्रीय सदस्य चेतन बन्जाडेले सभामा उपस्थित सबै अतिथीलाई स्वागत गरे। त्यसक्रममा समाजका सचिव बलदेव राना मगरले कतार नेपाली एकता समाज किन, कसरी र के उद्देश्यले स्थापना भयो तथा प्रवासमा समाजले के–कस्ता भूमिका खेल्दै आएको छ भन्ने बारे स्पष्ट जानकारी दिए।

त्यस्तै, महिला विभाग संयोजक हिरा शर्माले महिला विभागले गर्दै आएका काम, योजना र आगामी गतिविधिबारे बताएर प्रवासमा रहेका दिदीबहिनीहरूलाई समाजसँग जोडिंदै सशक्त भूमिकामा अघि बढ्न आग्रह गरिन्।

कार्यक्रमभरि रक्त्तिम सांस्कृतिक अभियानका कलाकारहरूले रमाइलो र आकर्षक प्रस्तुति दिए, जसले कार्यक्रममा रंगीन माहोल बनायो। साथै, कतारका विभिन्न सामाजिक तथा वैचारिक संस्थाका प्रतिनिधिहरूले पनि शुभकामना व्यक्त गरे।

अन्त्यमा, अध्यक्ष राम प्रसाद पराजुलीले कार्यक्रम शान्त, अनुशासित र सौहार्दपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको घोषणा गर्दै सबै सहभागी, अतिथी, सहयोगी र आयोजक टोलीलाई धन्यवाद दिए।

प्रकाशित मिति : २०८२ कार्तिक ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस