२०८३ बैशाख ६ गते आइतवार | 2026 April 19th Sunday

बाँके सेवा समाज कतारको आयोजनामा रक्तदान कार्यक्रम हुँदै

दोहा : बाँके सेवा समाज कतारको आयोजनामा, आगामी शुक्रबार ७ मार्च मा बृहत् “रक्तदान कार्यक्रम” को आयोजना गर्ने भएको छ ।

” लुम्बिनी प्रदेश समन्वय परिषद् कतारसँगको समन्वयमा कतारको सरकारी हमद अस्पतालसँगको सहकार्यमा “रक्तदान कार्यक्रमको” आयोजना गर्न लागेको समाजका महासचिव गुमान सिह खत्रीले बताए I

संस्थाका अध्यक्ष गोविन्द जङ्ग शाहले समाजले पहिलोचोटि “रक्तदान जस्तो पुन्यकाम गर्न लागीरहेको हुँदा कतारमा स्थापित वैचारिक संगठनका प्रमुख तथा प्रतिनिधि, सामुदायिक, सामाजिक, सांगीतिक संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार, कलाकारहरू सहित सम्पूर्ण नेपालीहरूलाई रक्तदानमा सरिक हुन् आग्रह गरेको छ ।

बिहान ८ बजेबाट सुरु हुने कार्यक्रममा उपस्थित भइ एक पिन्ट रगत दान गरी पुण्य कमाउन कार्यक्रम संयोजक श्याम डिसीले अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २०८१ फाल्गुन २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस