२०८२ फाल्गुन २३ गते शनिवार | 2026 March 7th Saturday

भोजपुर सेवा समाज कतारको बनभोज कार्यक्रम सप्पन्न

दोहा-भोजपुर सेवा समाज कतारले अंग्रेजी नयाँ बर्ष २०२३ को अवसर पारेर आन्तरिक बनभोज तथा शुभकामना आदानप्रदान कार्यक्रम सप्पन्न गरेको छ।

भोजपुर जिल्ला बाट कतारलाई कर्मथलो बनाएका भोजपुर बासि दाजुभाई तथा दिदीबहिनी हरुलाई समेट्दै भोजपुर सेवा समाज कतारले अंग्रेजी नयाँ बर्ष २०२३ को अवसर पारेर आन्तरिक बनभोज तथा शुभकामना आदानप्रदान कार्यक्रम सप्पन्न गरेको हो।

अल सहानियामा रहेको अलदोसरी पार्कमा सम्पन्न बनभोज कार्यक्रम आयोजना गर्नुको मुख्य उदेश्य भनेको जिल्लाका दाजुभाई तथा दिदिबहिनीहरुलाई एकीकृत गरि संस्थामा आबद्द गराउने मुख्य उदेश्य रहेको कार्यक्रम संयोजक गोपाल बस्नेतले जानकारी गराएका थिए।

 

२०१३ देखि निरन्तर सामाजिक काम गर्दै आएको संस्थाले जिल्लामा भईपरि आएको हरेक विपदमा सकेको सहयोग गर्दै आएको छ।

कार्यक्रममा संस्थाका पुर्व अध्यक्षहरु, सल्लाहकारहरुको समेत उपस्थित रहेको थियो।

कार्यक्रमको सहजीकरण  संस्थाका सचिव शुभानन्द राईले गरेका थिए।

प्रकाशित मिति : २०७९ पुष २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस