२०८३ बैशाख १ गते मङ्गलवार | 2026 April 14th Tuesday

मानवीय कार्यमा राज रेग्मीको ५० हजार सहयोग

दोहा ,

कतारका सफल युवा व्यावसायीका नामले परिचित राज रेग्मीले पत्रकार महासंघ कतार शाखाका पुर्व सहसचीव प्रेम लामाको उपचारका लागी ५० हजार सहयोग गरेका छन । बिगत २० बर्ष देखि कतारमा रहेका उनले सन २००९ देखि व्यावसाय सुरु गरेका थिए ।

एनआरएनएका केन्द्रिय युवा उपाध्यक्ष समेत रहेका रेग्मीले मानवीय अभियानलाई  साथ दिदै सहयोग गरेका हुन् l उनी  पछिल्लो समय एनआरएनएमा सक्रिय रहदै सामाजिक गतिविधिमा समेत सहकार्य गरि रहेका छन ।

प्रारम्भिक चरणमा नेपाल पत्रकार महासंघ कतार शाखाले आन्तरिक कोषबाट रु. १ लाख रुपैयाँ निकासा गरि सहयोगको सुरु गरेको थियो l सोही अभियानलाई साथ दिदै कतारमा स्थापित सामाजिक संघ सस्थाहरुबाट समेत सहयोग रकम जुटिरहेको छ । नेपाल पत्रकार महासंघ कतार शाखाले प्रेम लामा बचाऔं अभियान कतारबाट चलाउदै बिभिन्न व्यक्ति तथा सस्थाहरु संग सहयोगको लागी अपिल गरेको थियो l

नेपाल पत्रकार महासंघ कतार शाखाका पुर्व सहसचिव तथा तत्कालिन राजधानी साप्ताहिक कतारका संवाददाता समेत रहेका  लामाको दुबै मृगौला फेल भएको कारण हाल उनी स्वास्थ्य उपचारको क्रममा छ्न । उनको स्वास्थ्य अवस्था सँगै आर्थिक अवस्था समेत अत्यन्तै नाजुक रहेकोले स्वास्थ्य उपचारको लागि ठूलो धनराशि आवश्यक पर्ने हुनाले नेपाल पत्रकार महासघं केन्द्र लगाएयत विश्वका बिभिन्न ठाउबाट सहयोग संकलन कार्य जारी रहेको छ l

 

प्रकाशित मिति : २०८० जेष्ठ १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस