२०८२ फाल्गुन २३ गते शनिवार | 2026 March 7th Saturday

मोरङ्सुनसरी सेवा समाज कतारको अध्यक्षमा पुन बराइली

दोहा-मोरङ्सुनसरी सेवा समाज कतारको १८ औ साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाले भिमबहादुर बराइलीको अध्यक्षतामा पुन नयाँ कार्यसमिति सर्बसम्मत चयन गरेको छ।

समितिको बरिस्ठ उपाध्यक्षमा लिलानाथ घिमिरे,उपाध्यक्षमा शुष्मा खतिवडा कटुवाल,सचिवमा अच्युत भट्टराई,सहसचिवमा सुजन ढकाल र गोबिन्द बिश्वकर्मा चयन भएका छन।

तेस्तै कोषाध्यक्षमा जिवन याख्खा राई,सह-कोषाध्यक्षमा पर्शुराम बन्जारा,सबिता दाहाल भट्टराई चयन भए भने सदस्यहरुमा सुनिता कोइराला अचार्य,प्रेम बस्नेत, बिरिन कठायात,गमला बस्नेत खतिवडा,मुना थापा,भानुभक्त शर्मा,होम कार्की,बबिन दाहाल,गणेश श्रेष्ठ ,दिनेश बस्नेत (दिल) चयन भएका छन।

सम्सरा थकाली रेष्टुरेन्टको सभाहलमा सप्पन्न कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको  हो।

“मोरङसुनसरीको चाहना सभ्य र समृद्द समाजको स्थापना”भन्ने मूल नाराका साथ सन २००१ मा  स्थापना भएको यस संस्थाले विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

प्रकाशित मिति : २०८० असोज ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस