२०८३ बैशाख २ गते बुधवार | 2026 April 15th Wednesday

लुम्बिनी प्रदेश समन्वय परिषद कतारको तेस्रो अधिवेशन हुदै

दोहा, कतार : “ हामी परदेशिको चाहना ,समृद्ध प्रदेश हाम्रो कामना ” भन्ने मूल नाराका साथ सन् २०१८ मा कतारमा स्थापित लुम्बिनी प्रदेश समन्वय परिषद कतारको तेस्रो अधिवेशन यहि आउँदो शुक्रबार न्यु सलाता स्थित कतार च्यारिटीको हलमा हुने भएको छ ।

लुम्बिनी प्रदेशको विभिन्न जिल्लाबाट कतारलाई कर्मभुमी बनाएरबसेका  सम्पुर्ण लुम्बिनी प्रदेश वासि दाजुभाइ तथा दिदीबहिनीहरूलाई एकत्रित गर्दै प्रदेश वासिहरुलाई आइपर्ने समस्याहरुमा मल्हम बन्ने पवित्र उद्देश्यका साथ संस्था स्थापना गरिएको बताउँदै अधिवेशनलाई सफल बनाइदिनका लागि समितिका अध्यक्ष बुद्ध पाण्डेले दोहाबासी सम्पुर्णमा आग्रह गरेका छन् l एफएनजे कतार सङ्ग कुरा गर्दै पाण्डेले उक्त अधिवेशनबाट आगामी एक कार्यकालका लागि चुस्त दुरुस्त नयाँ कार्यसमिति चयन हुने बताएका छन् l

अधिवेशन शुक्रबार बिहान ९ बजेबाट शुरु हुनेछ । समितिका वरिष्ठ उपाध्यक्ष डिल्लीराम भट्टराईले कार्यक्रममा गैर आवासिय राष्ट्रिय समन्वय परिषद कतार लगायत कतारमा स्थापित सम्पुर्ण जिल्ला , प्रदेश, जातीय,वर्गिय , वैचारिक संगठन एवम् सामाजिक संघ संस्थाहरु, समाजसेवी, सामाजिक अभियन्ताहरू, पत्रकारहरू, व्यवसायी लगायतलाई पत्राचार गरिएको बताउँदै कतारमा रहेका सम्पुर्ण नेपालीहरूलाई अधिवेशनलाई भव्यताका साथ सफल पारिदिनका लागि आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : २०८१ बैशाख ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस