२०८२ फाल्गुन २८ गते बिहिवार | 2026 March 12th Thursday

सडनडेथमा पेरुलाई हराउँदै अस्ट्रेलिया विश्वकपमा छनोट

दोहा,कतार

अस्ट्रेलिया यसै वर्ष कतारमा हुने फिफा विश्वकप कतार २०२२ मा छनोट हुन सफल भएको छ ।

विश्वकप छनोट अन्तर्गत सोमबार राति कतारको रैयान स्थित अहमद बिन अली स्टेडियममा सम्पन्न इन्टरकन्टिनेन्टल छनोटको प्ले अफमा दक्षिण अमेरिकी देश पेरुलाई सडनडेथमा हराउँदै एसियाली राष्ट्र अस्ट्रेलिया अस्ट्रेलियाले विश्वकपमा स्थान पक्का बनाएको हो ।

प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा दुवै टिमले निर्धारित र थप गरिएको अतिरिक्त समयमा गोल गर्न नसकेपछि खेल ट्राईबेकर पुगेको थियो । पेनाल्टी सुट पनि बराबरी भएपछि सडनडेथमा ५–४ को रोमाञ्चक जित निकाल्दै अस्ट्रेलिया सन् २००६ पछि लगातार पाँचौँ पटक विश्वकपमा छनोट भएको हो ।

यो सँगै अस्ट्रेलिया कतार विश्वकपमा छनोट हुने ३१ औँ देश भएको छ । आज राती हुने न्युजिल्यान्ड र कोस्टारिकाको खेल सँगै विश्वकपमा सहभागी सबै ३२ देशको टुङ्गो लाग्नेछ ।

प्रकाशित मिति : २०७९ जेष्ठ ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस