२०८३ बैशाख १० गते बिहिवार | 2026 April 23rd Thursday

स्याङ्गजा सहयोग समाज कतारले वृद्ध आश्रम सहयोगार्थ विविध सास्कृतिक कार्यक्रम-2024 गर्दै

दोहा : “स्याङ्गजा सहयोग समाज कतारको १९औं वार्षिकोत्सब एवम् नेपाली नयाँ बर्ष २०८१ सालको पावन अबसरमा शुभकामना आदान-प्रदान तथा “वृद्ध आश्रम सहयोगार्थ विविध सास्कृतिक कार्यक्रम-2024” कार्यक्रम गर्ने भएको छ ।

“गीतसंगीत सिर्जना गरेर दर्शक तथा स्रोताको मन जित्न सफल चर्चित लोक दोहोरी गायक खुमन अधिकारीको साथमा गायिका कमला गैर्हे, चर्चित मोडल तथा डान्सर अस्मिता रनपाल साथै स्थानीय कलाकार सहित नेपाली नौमती बाजाको साथमा लाईभ दोहोरी कार्यक्रम गर्न लागेको समाजका अध्यक्ष प्रकाश परियारले जानकारी गराए ।

१९अप्रिल २०२४ शुक्रबार, ट्युनिसियन स्कुल अल लक्तामा वृद्ध आश्रम सहयोगार्थ गरिने कार्यक्रमको पास कतारमा रहेका सम्पुर्ण नेपाली रेस्टुरेन्ट हरुमा उपलब्द रहेको छ ।

कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुखहरु , समाजसेवी, बुद्धिजीवी, व्यावसायी, पत्रकार, कलाकार साथै कतारलाई कर्म थलो बनाई रहनु भएका सम्पूर्ण स्याङ्गजा बासी तथा गैर-स्याङ्गजा बासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई कार्यक्रममा उपस्तिथिको लागि सादर निमन्त्रणा गरिएको आयोजक संस्था स्याङ्गजा सहयोग समाज कतार र कार्यक्रम संयोजक घनस्याम जैसीले जानकारी गराए   l

“स्याङ्गजा सहयोग समाज कतारको चाहना विशुद्ध सामाजिक सेवाको भावना”भन्ने मुल नाराका साथ प्रवासमा दु:ख, पिडामा परेका नेपाली हरुको सहयोगका लागि सन २००५ मार्च ४ का दिन कतारमा स्थापना भएको स्याङ्गजा सहयोग समाज, कतारमा रहेका नेपाली हरुको लागि अग्रपङ्तीमा रहेर कार्यसम्पादन गरिरहेको छ ।

प्रकाशित मिति : २०८० चैत्र २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस