२०८३ बैशाख २ गते बुधवार | 2026 April 15th Wednesday

हेल्प मधेसी कतारले होली उत्सव मनाउदै

दोहा – रंगीन मौसम वसन्त ऋतुको आगमन सँगै मनाइने रंगहरुको पर्व होली (फागु पुर्णिमा)को अवसरमा हेल्प मधेसी कतार च्याप्टरले आगामी मार्च ३ तारिख शुक्रबारका दिन होली उत्सव कार्यक्रम गर्ने भएको छ।
कार्यक्रम सहानियाको अलदोसरी जु गार्डेनमा बिहान ८:०० देखि बेलुका ०४:०० बजे सम्म होलि विशेष कार्यक्रम गर्ने संस्थाका अध्यक्ष रामकुमार यादवले जानकारी गराए।
हेल्प मधेसी कतारले आयोजना गर्न लागेको सो कार्यक्रममा कतारमा रहेर विभिन्न उदेश्यले स्थापित सम्पूर्ण संघ संस्था, कतारमा रहनु भएका नेपाली कामदार,विद्यार्थी सम्पूर्ण नेपालीहरुको उत्साहजनक सहभागिता र उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिएको छ ।
निमन्त्रणा पुग्न नसकेमा यही समाचारलाई आधार मानेर कतारमा हुन गइरहेको होली उत्सव” मा उपस्थित हुन समेत सम्पूर्ण नेपालीहरुलाई हार्दिक अनुरोध गरिन्छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस