२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

१० औ कतार अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा नेपाल सहित ५५ देशले सहभागीता जनाउने

दोहा-१०औ कतार अन्तर्राष्ट्रिय कृषि (AgriteQ) प्रदर्शनी २०२३ बुधबारदेखि सुरु हुदैछ।

कतारको नगरपालिका तथा वातावरण मन्त्रालयले आयोजना गर्ने १० औ कतार अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी मार्च १५ देखि १९ मार्च सम्म चल्नेछ।

नेपाल सहित विश्वका ५५ भन्दा बढी मुलुकले प्रदर्शनीमा सहभागिता जनाउने नगर मन्त्रालयले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो।

प्रदर्शनीमा ५५ देशका ५२३ कम्पनीसहित कृषि,खाद्य तथा पशु उत्पादन क्षेत्रका ६७५ भन्दा बढी प्रदर्शनी कम्पनीहरुको सहभागिता रहनेछ ।

प्रकाशित मिति : २०७९ फाल्गुन २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस