२०८२ फाल्गुन २८ गते बिहिवार | 2026 March 12th Thursday

२३ फेब्रुअरीमा लमजुङ  सेवा समाजको पन्ध्रौं  अधिवेशन  

दोहा ।लमजुङ  सेवा समाज कतारको  पन्ध्रौं अधिबेशन आउने शुक्रबार २३ फेब्रुअरी २०२४ मा हुने भएको छ ।सनैया स्थित फुलवारी रेस्टुरेन्टको   सभाहल दिनको ११ बजे देखि  हुने कार्यक्रमको जानकारी अध्यक्ष सिताराम थापाले  दिएका छन ।

उक्त कार्यक्रममा परोपकारी उदेश्य सहित, प्रयोग भएका वा नभएका सफा गरि ल्याइएका पुन लगाउन सकिने लत्ता कपडा संकलन गरि नेपालमा रहेका सहयोगापेक्षीहरू सम्म पुर्याउने उदेश्य राखि कपडा संकलन कार्यक्रम पनि राखिएकोले स्वैच्छिक कपडादानका गर्न सकिने छ ।

सेवा  समाज नेपालको लमजुङ जिल्लाबाट  कतारमा आई विभिन्न  पेसा, ब्यावसाय, श्रमिकका रुपमा रहदै आएका जिल्लाबासीहरुले सामाजिक सेवा र गतिविधिका लागी स्थापना गरेका हुन । सामाजिक भावनाले  प्रेरित जिल्लाको साझा  सस्थाको रुपमा स्थापित  समाजको  “दु:ख सुखमा साथ लमजुङ सेवा समाज” भन्ने नारा रहेको  छ ।

आगामी कार्यकालको कार्यसमिति   चयन लागी  हुने पन्ध्रौं अधिवेशनमा  समाजले कतारमा स्थापित विभिन्न संघ सस्था, प्रमुख तथा प्रतिनिधिहरु   समाजसेवी, ब्याबसयी पत्रकार तथा  कतारलाई कर्म थलो बनाई रहनु भएका तपाईं सम्पूर्ण शुभचिन्तक  दाजुभाई तथा दिदी बहिनीहरुमा  उपस्थितिको लागी निमन्त्रणा गरेको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस