२०८३ जेष्ठ २ गते शनिवार | 2026 May 16th Saturday

४९ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा कतारमा ५२ जना द्वारा रक्तदान

दोहा-४९ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा कतारमा ५२ जनाले रक्तदान गरेका छन।

नेपाली जनसम्पर्क समिति कतारले  ४९ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा ५२ जनाले रक्तदान गरेका हुन ।

नेपाली रक्तदाता संघ कतारसँगको समन्वयमा शुक्रबार हमाद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा आयोजित रक्तदान कार्यक्रममा आयोजक संस्थाका प्रतिनिधि,कतारमा स्थापित सामाजिक,वैचारिक तथा जातीय संघ संस्थाका प्रतिनिधि,पत्रकार, बुद्धिजीवी,समाजसेवी,व्यवसायी लगायत १६० जनाको उपस्थित रहेको थियो।

बिहान ८ बजेबाट दिउँसो १ बजे सम्म चलेको कार्यक्रममा रक्तदाताहरु लाई प्रसंशा पत्र समेत प्रदान गरिएको आयोजकले जनाएको छ ।

 

 

प्रकाशित मिति : २०८१ पुष १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस