२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

कतारमा बृहत रक्तदान कार्यक्रम सम्पन्न(फोटो फिचर सहित)

दोहा-विश्व मानवता दिवसको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली रक्तदाता संघ कतार र कतार रेड कृसन्ट (Qatar Red Crescent) को सहकार्यमा रक्तदान कार्यक्रम  सम्पन्न भएको हो।

नेपाली दूतावास कतारका प्रथम सचिव कृष्ण कुमार  सुबेदीले रक्तदान गरेर सुरु भएको कार्यक्रममा नेपाल,भारत,पाकिस्तान,बाङ्लादेशका गरि ४८ जनाले रक्तदान गरेका छन।

रक्तदान गर्न इच्छुक ६३ जना रक्तदाताहरु मध्ये प्राविधिकरुपमा योग्य ठहरिएका ४८ जनाले रक्तदान गरेका हुन।

दोहामा रहेको रेड कृसन्टको भवनमा भएको रक्तदान कार्यक्रममा कतारमा स्थापित सामाजिक, वैचारिक तथा जातीय संघ संस्थाका प्रतिनिधि,पत्रकार, बुद्धिजीवी, समाजसेवी,व्यवसायी लगायत गरि ९० जना उपस्थित रहेका थिए।

प्रकाशित मिति : २०८० भाद्र ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस