२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

कतारमा रेमिटेन्स तथा बैंकिङ्ग साक्षरता सम्बन्धि अभिमुखिकरण कार्यक्रम हुँदै

दोहा, कतार

नेपाली राजदुतावास कतार तथा एनआरएनए एनसिसि कतारको संयुक्त आयोजनामा रेमिटेन्स तथा बैंकिङ्ग साक्षरता सम्बन्धि अभिमुखिकरण कार्यक्रम हुने भएको छ ।

कतारमा कार्यरत नेपाली कामदारहरुलाई मध्यनजर गर्दै दूतावास तथा एनसिसि कतारले अगामी जुन १७ तारीख शुक्रबार संयुक्त रुपमा अभिमुखिकरण गर्न लागेका जनाएछन् ।

कार्यक्रममा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आईएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले भर्चुअल रूपमा अभिमुखिकरण गर्ने एनारएनए एनसिसि कतारका महासचिव पदम गीरीले बताए ।

नेपाली राजदूतावासको सभाहलमा बिहान १०:०० बजे देखि हुने कार्यक्रममा बिदेश बाट पैसा पठाउदा कसरी आधिकारिक माध्यम बाट पठाउने र त्यस बाट हुने फाईदा लगाएतका बारेमा जानकारी गराइने हुँदा कतारमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई भौतिक एवं भर्चुअल माध्यम बाट जोडिएर जानकारी लिन आग्रह गरिएको छ।

प्रकाशित मिति : २०७९ जेष्ठ २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस