२०८३ जेष्ठ १८ गते सोमवार | 2026 June 1st Monday

गण्डकी प्रदेश समन्वय परिषद्, कतारद्वारा दशैं–तिहार एवं नेपाल सम्वतको शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

दोहा (कतार), अक्टोबर १७ — गण्डकी प्रदेश समन्वय परिषद्, कतारको आयोजनामा दशैं, तिहार, नेपाल सम्वत र छठ पर्वका अवसरमा शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रम सनैयास्थित फुलबारी रेस्टुरेन्टमा आयोजना गरिएको थियो। सभापति नन्दलाल बिकले देश बाहिर रहे पनि परम्परा, संस्कृति र सामाजिक एकताको भावना जोगाउन यस्ता कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेलेको बताउँदै सबैलाई पर्वको शुभकामना व्यक्त गरे।

गण्डकी प्रदेश समन्वय परिषद् अन्तर्गत स्याङ्जा, कास्की, तनहुँ, गोरखा, लमजुङ, पर्वत, बागलुङ, म्याग्दी र नवलपुर जिल्लाका संस्थाहरू आवद्ध छन्। कार्यक्रममा प्रमुख अतिथिको रूपमा आश बहादुर गुरुङ उपस्थित थिए।

कार्यक्रमको संयोजन वरिष्ठ उपाध्यक्ष रोशन अर्यालले गरेका थिए भने सञ्चालन मन प्रसाद रानामगरले गरेका थिए। कार्यक्रममा गण्डकी प्रदेशका प्रतिनिधि, विभिन्न संघ–संस्थाका पदाधिकारी तथा समुदायका अगुवाहरूको उल्लेखनीय सहभागिता थियो।

सांस्कृतिक प्रस्तुति, शुभकामना आदान–प्रदान र रमाइलो वातावरणबीच सम्पन्न कार्यक्रमले कतारमा रहेका गण्डकीवासीबीच एकता, सहयोग र आपसी सद्भाव बलियो बनाउन सहयोग पुर्‍याएको आयोजकहरूले जनाएका छन्।

प्रकाशित मिति : २०८२ कार्तिक १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस