२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

दोहामा कतार इन्टरनेशनल आर्ट्स फेस्टिभल हुदै

दोहा : कतारको सबैभन्दा ठूलो कला महोत्सव कतार इन्टरनेशनल आर्ट्स फेस्टिभल (क्यूआईएएफ)भोलिदेखि कतारामा सुरु हुदैछ ।
कतार इन्टरनेशनल आर्ट्स फेस्टिभलमा ६५ भन्दा बढी देशको सहभागिता रहने आयोजकले जनाएको छ ।

पाँच दिनसम्म चल्ने महोत्सवमा ३०० भन्दा बढी कलाकारले आफ्नो कला प्रदशन गर्ने साथै कतार साँस्कृतिक भ्रमण, चित्रकला तथा मूर्तिकला प्रदर्शनी, प्रत्यक्ष चित्रकला गोष्ठी, कलात्मक फेसन शो, मास्टर क्लास, आर्ट प्यान छलफल, कला सम्मेलन, सांस्कृतिक साँझ, नेटवर्किङ डिनर नाइट र अवार्डहरू रहने आयोजकले जनाएको छ।
कला महोत्सवले चित्रकला र मूर्तिकलाका १२ वटा अन्तर्राष्ट्रिय ग्यालरीको पनि अनावरण गर्नेछ।

कतारले यस् बर्ष फिफा विश्वकप २०२२ कतार आयोजना गर्ने भएकोले,यस वर्षको संस्करणको विषयवस्तु “फुटबल र खेलकुदसँग विश्व कला” रहेको छ।

प्रकाशित मिति : २०७९ असोज ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस