२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

नयाँ वर्ष २०८० सालको अवसरमा अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज कतारले बृहत सांस्कृतिक कार्यक्रम गर्दै

दोहा– नयाँ वर्ष २०८० सालको पावन अवसर तथा इद अल फित्रको उपलक्ष्यमा अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज कतारले बृहत सांस्कृतिक तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ ।

यहि आउँदो बैशाख ९ गते अथवा २२ अप्रिल २०२३ का दिन समाजले अनाथ तथा अशक्त बालबालिका हरुको सहयोगार्थ बृहत शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको हो।

संस्थाले इद अल फित्रको दोस्रो दिन सनैया स्थित फूलबारी रेष्टुरेन्टको सभाहलमा कार्यक्रम गर्ने संस्थाका  संरक्षक तथा केन्द्रिय उपाध्यक्ष गोपाल डांगीले जानकारी दिएका छन।

कतारमा रहेका सम्पूर्ण सामाजिक संस्था, बैचारिक संस्था, राजनैतिक संस्था,पत्रकार ,कलाकार ,बुद्धिजीवी ब्यबसायी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई कार्यक्रममा उपस्थित भई सफल बनाईदिन आयोजकले अनुरोध गरेको छ।

“मातृभूमिका लागि विश्वभरका रोल्पालीहरू गोलबन्द हौं”भन्ने नाराका साथ २०७५ सालमा कतारमा स्थापना भएको समाजले विभिन्न  सामाजिक कार्यहरु गर्दै आएको छ।

प्रकाशित मिति : २०७९ चैत्र २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस