२०८३ जेष्ठ १८ गते सोमवार | 2026 June 1st Monday

नेपाली जनसम्पर्क समिति कतारद्वारा स्व. गिरी प्रति श्रद्धाञ्जली सभा सम्पन्न

सेप्टेम्बर ३ दोहा ,
नेपाली कांग्रेसका बौद्धिक नेता दार्शनिक तथा समाजवादी चिन्तक प्रदिप गिरिको १३ औं पुन्य स्मृति दिवसको अवसरमा नेपाली जनसम्पर्क समिति कतारद्वारा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेको छ ।
श्रद्धाञ्जली सभा नेपाली जनसम्पर्क समिति कतारका सभापति मोहम्मद अजिज अलीको सभपतित्वमा तथा  संस्थापक सभापति एवं नेपाली कांग्रेस महासमिति सदस्य नरेन्द्र भाट प्रमुख आथित्यमा सम्पन्न गरेको  हो l
May be an image of 8 people, people sitting, people standing and indoor
विशिष्ट अतिथि संस्थापक महामन्त्री पूर्व सभापति एवं महासमिति सदस्य बिमल सूबेदी महाधिवेशन प्रतिनिधि राज रेग्मि, प्रवासी नेपाली मंच कतारका अध्यक्ष प्रभात त्रिपाटी नेपाली जनप्रगतिशील मंचका अध्यक्ष बुद्धि प्रसाद भण्डारी प्रवासी नेपाली एकता मंचका उपाध्यक्ष गणेश ढकाल एनआरएनए एनसिसी कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान सल्लाहकार एवं १२ औ महाधिवेशन प्रतिनिधि अर्जुन खड़का, मोहम्मद साकिर अली , सल्लाहकार एवं पूर्ब महामन्त्री एवं १३ औ महाधिवेशन प्रतिनिधि धिरज चामलिंग राई, पूर्ब महामन्त्री करीम बक्स मियाँ, सल्लाहकार राकेश श्रेष्ठ , पूर्व सल्लाहकार अर्जुन भट्टराइ पूर्व कार्यसमितिका सदस्य उमेर आलम, राम बाबू यादव, जिबच्छ यादव, तेजिलाल मण्डल सहित अन्य पदाधिकारीहरू इकाई प्रमुख लगायत बिभिन्न संघ संस्था प्रमुख तथा शुभचिंतक एवं आस्थावान हरुले स्वर्गीय प्रदीप गिरी प्रति पुष्प गुच्छाले श्रद्धांजली प्रकट गरेका थिए ।
May be an image of 8 people, people sitting, people standing and indoor
शोक मन्तब्य राख्दै बक्ताहरुले स्वरर्गीय गिरि नेपालमा मात्र नभै सार्क रास्ट्रहरुकै एक अब्बल समाजबादी नेता भएको स्मरण गर्दै  उहाको कमि नेपाल र नेपाली राजनीतिमा सधै खड्कने बताएका थिए l गिरि नेपाली कांग्रेसका नेता भएर पनि नेपालका वामपन्थी पार्टीहरुले आफ्नो समाजबादी गुरु भएको स्वीकार गरेको समेत बक्ताहरुले स्मरण गरेका थिए l
सभामा  उपसभापति ठाकुर कुमार परियारले सोक सभाको  बारेमा प्रकाश पारेका थिए भने महामन्त्री केदार भुसालले सहजीकरण गर्नुका साथै स्वर्गीय गिरीको जीवनी बढेर सुनाएका थिए l

प्रकाशित मिति : २०७९ भाद्र १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस