२०८३ जेष्ठ १८ गते सोमवार | 2026 June 1st Monday

नेपाली नयाँ वर्ष २०८२ को अवसरमा कतारमा बृहत साँस्कृतिक ” नयाँ वर्ष धमाका हुदै

दोहा – नेपाली नयाँ वर्ष २०८२ को अवसरमा कतारमा बृहत साँस्कृतिक ” नयाँ वर्ष धमाका “कार्यक्रम हुने भएको छ ।

“धादिङ सेवा समाज कतारको आयोजनामा चर्चित गायक मिलन लामा सहित स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति सहित बृहत साँस्कृतिक” नयाँ वर्ष धमाका “कार्यक्रम हुने भएको हो ।

चेपाङ समुदायको सहयोगार्थ हुने कार्यक्रममा कतारमा स्थापित सामाजिक,वैचारिक तथा जातीय संघ संस्थाका प्रतिनिधि,पत्रकार,बुद्धिजीवी,समाजसेवी सम्पुर्णलाई उपस्थितीको लागि आयोजकले अनुरोध गरेको छ।

अप्रिल ११ तारिख शुक्रबारका दिन हुने कार्यक्रम मुन्ताजा पार्क नजिकै रहेको पियरलिङ सिजनल स्कुलको हलमा हुनेछ।

चर्चित गायक मिलन लामाले “हङकङ आइडी ले,” “माझी दाई पोखरा फेवा तालको,”कृष्ण भिर्म जाम” जस्ता थुप्रै लोकप्रिय गीतहरू गाएका छन।

कार्यक्रममा आउन जानको लागि कतारको विभिन्न ठाउँबाट नि:शुल्क यातायातको व्यवस्था पनि रहेको आयोजकले जनाएको छ।

“धादिङ सेवा समाज कतारको मूल मर्म, समाज सेवा नै हो मानवीय प्रमुख धर्म” भन्ने मूल नाराका साथ सन्- २००१ मा स्थापना भएको धादिङ सेवा समाज कतारले विभिन्न सामाजिक तथा परोपकारी कार्यहरू स्थापना कालदेखि नै गर्दै आइरहेको छ ।

 

प्रकाशित मिति : २०८१ चैत्र १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस