२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

नेपाली समुदायको लागि ट्राफिक सचेतना गोष्ठी

दोहा, कतार

वैदेशिक रोजगारिको सिलसिलामा कतारमा रहेका नेपाली समुदायको लागि आज मङ्गलवार ट्राफिक सचेतना गोष्ठी कार्यक्रम आयोजना हुने भएको छ ।

गैरआवसिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा कतार सरकार गृह मन्त्रालयको जनसम्पर्क बिभागले ट्राफिक सचेतना विभागसँगको सहकार्यमा “Common Traffic Mistakes among the Drivers” शीर्षकमा उक्त कार्यक्रम हुन लागेको संघका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले बताए ।

ट्राफिक हेडक्वाटर, मदिना खलिफाको सभाहलमा मंगलबार सांझ ७:०० देखि ८:०० बजे सम्म करिव १ घन्टा आयोजना हुने कार्यक्रममा कतारमा स्थापित प्रत्येक नेपाली संघ-संस्था बाट ४ जना उपस्थिति जनाएर ट्राफिक सम्बन्धि जानकारी लिन अनुरोध गरिएको प्रबक्ता सन्तोष क्षत्रीले जानकारी गराए ।

प्रकाशित मिति : २०७९ जेष्ठ ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस