२०८३ जेष्ठ १८ गते सोमवार | 2026 June 1st Monday

नेपाली समुदायद्वारा कतारमा बृक्षारोपण

दोहा-कतार सरकारको पर्यावरण दिवसको अबसर पारेर प्रवासी नेपाली समुदायको समन्वय र कतार सरकारको बातावरण मन्त्रालयको आयोजनामा बृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।

दोहा देखि निकै टाढा पर्ने रौदा अल नर्थमा रहेको  कतार इतिस्लाद टेक्नोलोजी पार्कमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा कतार सरकारका बातावरण मन्त्रालयका उच्च ब्यक्तीहरुको  बाक्लो उपस्तिथी रहेको थियो भने नेपाली समुदायको प्रतिनिधित्व गर्दै नेपाली राजदुताबास कतारका महामहिम डाक्टर नरेश बिक्रम ढकालको उपस्तिथी रहेको थियो।

कार्यक्रममा नियोग प्रमुख ढकालले नेपाली समुदायलाई यस्तो अवसर दिएकोमा हार्दिक धन्यवाद दिदै आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुमा समाबेश भएर सहकार्य गर्न तयार रहेको बताए।

यस्तो कार्य नेपालीहरुको लागि एउटा अवसर भएको भन्दै उनले यसका लागि कतार सरकार प्रती आभार प्रकट गरेका थिए |

प्रवासी नेपाली समुदायले यस अघी पनि छ पटक समुन्द्री किनार सरसफाई गरिसकेको र यो सहकार्य अझै दरिलो बनाएर अगाडि बड्ने नेपाली समुदायको प्रतिनिधित्व गरेका अम्बिका पौडेलले बताए ।

नेपाली समाज अलि खर्चका साथ तडक भडक गर्ने र आर्थिक रुपमा तल पर्ने हुँदा कुनै पनि सहयोग सानो होस् तर पुण्य कुरामा लगाएमा तेस्बाट भने सन्तुष्टी मिल्ने उनले बताए |

कार्यक्रममा बिभिन्न प्रदेश,जिल्ला तथा साहित्यिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरु गरि नेपाली समुदाय बाट करिव २५० भन्दा बढीको सहभगिता रहेको थियो।

कार्यक्रममा कतारको सस्कृती झल्काउने विभिन्न नृत्यहरु समेत प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २०७९ फाल्गुन १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस