२०८३ जेष्ठ १८ गते सोमवार | 2026 June 1st Monday

पर्वत समाज कतारद्वारा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

दोहा-पर्वत समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम सप्पन्न भएको छ ।

पर्वत समाज कतारको आयोजना र रक्तदाता संघ कतारको समन्वयमा बृहत रक्तदान कार्यक्रम सप्पन्न भएको हो।

हमाद अस्पतालको “ब्लड डोनर सेन्टर” मा भएको कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन।

रक्तदान गर्न इच्छुक ६८ रक्तदाताहरु मध्ये प्राविधिकरुपमा योग्य ठहरिएका ५२ जनाले रक्तदान गरेका हुन।आयोजक संस्थाका प्रतिनिधि,कतारमा स्थापित सामाजिक,वैचारिक तथा जातीय संघ संस्थाका प्रतिनिधि,पत्रकार, बुद्धिजीवी,समाजसेवी,व्यवसायी लगायत गरि १ सय ७१ जनाको उपस्थित रहेको कार्यक्रममा रक्तदाताहरु लाई प्रसंशा पत्र समेत प्रदान गरिएको थियो।

प्रकाशित मिति : २०८० साउन ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस