२०८२ फाल्गुन ५ गते मङ्गलवार | 2026 February 17th Tuesday

पाँचथर सेवा समाज कतारले मनायो २२ औ स्थापना दिवस

दोहा कतार,

मध्यपूर्वको देश कतारमा सन् २००४ मा स्थापित पाँचथर सेवा समाज कतारले २२ औ स्थापना दिवस भव्य रूपमा मनाएको छ । शुक्रवार सनैयाको प्लाजा मलमा अवस्थित वेलफेयर रेस्टुरेन्टको सभा हलमा समाजकी अध्यक्ष लीला राईको सभाध्यक्षका तथा कोशी प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष रुद्र शर्मा आचार्यको प्रमुख आतिथ्यतामा स्थापना दिवस मनाएको हो ।

स्थापना दिवस कार्यक्रममा भोजपुर सेवा समाज कतारमा आबद्ध चेलीहरूले कोसेली प्रदान गरे भने किरात राई यायोक्खाका तर्फबाट साकेला सहितका नृत्य पेस गरिएको थियो । नृत्य पेस गरेका कलाकारलाई रित बमोजिम खादाले सम्मान गर्दै कोसेली प्रदान गरिएको थियो । समाजका सांस्कृतिक संयोजक कमल दर्नाल सहित कतारमा रहेका दर्जनौँ कलाकारले साङ्गीतिक प्रस्तुति दिएको कार्यक्रममा अनु तामाङले मारुनी नृत्य पेस गरिन । तमु प्ये ल्हु सङ्घका तर्फबाट विभिन्न साङ्गीतिक प्रस्तुति रहेको थियो भने लिम्बू जातिको मौलिक च्याब्रुङ नाच प्रस्तुत गरिएको थियो । नाचका बारेमा किरात याक्थुङ चुम्लुङ कतारका अध्यक्ष सागर तुम्बाहाङ्फे लिम्बुले प्रकाश पार्दै महत्वका बारेमा अर्थाएका थिए ।

लक्ष्मी प्रसाद सापकोटाले बाँसुरीमा साकेला र हुर्रा धुन बजाउँदै अर्को आकर्षण थपेका थिए । आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि आचार्यले कोशी प्रदेश मातहतमा रहेका जिल्ला संस्थाहरूले स्थापना दिवस र अधिवेशन बाहेक नेपालका राष्ट्रिय पर्वहरू प्रदेश मातहत नै मनाउने गरेको बताए l उनले पाँचथरमा महिलाले सफलतापूर्वक नेतृत्व सम्हालिरहेको बताउँदै सभाध्यक्ष राई को प्रशंसा गर्दै स्थापना दिवस ऐतिहासिक रूपमा सम्मान गरेकोमा आयोजकलाई बधाई समेत दिए l कार्यक्रममा कतारमा स्थापित विभिन्न सामाजिक सङ्घसंस्था, वैचारिक संस्थाका प्रमुख तथा प्रतिनिधि, विशिष्ट व्यक्तित्व, समाजसेवी, बुद्धिजीवी, व्यवसायी, सामाजिक अभियन्ता, कलाकार साथै मिडियाकर्मीहरू लगायतको उपस्थिति रहेको थियो ।

No description available.

कार्यक्रममा बोल्ने वक्ताहरूले समाजले २२ औ वसन्त सम्म गरेका कार्यको प्रशंसा गर्दै चेलीले समाजलाई कुशलता पूर्वक नेतृत्व गरिरहेको प्रति प्रशंसा गर्दै आफ्ना धारणा राखेका थिए । स्थापना दिवस कार्यक्रममा साङ्गीतिक प्रस्तुति दिने कलाकार, सहयोगी तथा पत्रकारहरूलाई सम्मान गरिएको थियो । विधिवत् उद्घाटन गर्दै अगाडी बढेको कार्यक्रममा सोनिसा र सीमाले स्वागत नृत्य पेस गरेका थिए l समाजका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक रबिन खत्रीले स्वागत मन्तव्य राखेको कार्यक्रमका बारेमा प्रथम उपाध्यक्ष भवानी प्रसाद ओझाले प्रकाश पारेका थिए l महासचिव सुजन गुरुङले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभाध्यक्ष राईले संस्थापक अध्यक्ष सहित तत समयको समिति प्रति उच्च सम्मान व्यक्त गरिन । राईले कार्यक्रमलाई स्वर्णिम बनाउन हर तवरबाट सहयोग गर्ने सबैप्रति संस्थागत तथा व्यक्तिगत रूपमा आभार व्यक्त गरिन ।

No description available.No description available.

No description available.No description available.

प्रकाशित मिति : २०८२ फाल्गुन ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस