२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

पाल्पाली सेवा समाजले “पाल्पा भलिबल कप २०२३” गर्दै ।

दोहा । पाल्पाली सेवा समाज दोहा कतार ले पाल्पा भलिबल कप २०२३ गर्ने भएको छ ।।

 

“पाल्पाली सेवा समाज दोहा कतारको प्रतिबद्धता, निःस्वार्थ समाज सेवामाजको आवश्यकता” भन्ने मूल नाराका साथ सामाजिक कार्यमा अग्रणी भूमिका खेल्दै आएको संस्थाको खेलकुद विभाग पाल्पा स्पोर्ट्स क्लबले भलिबल  प्रतियोगिता गर्ने भएको छ । मुस्लिम धर्मावलम्बीको पवित्र महिना रमजान (RAMADAN) पछिको महान पर्व इदको अवसर पारेर सनैया को ५२ नम्बरमा खुल्ला पुरुष भलिबल कप को आयोजना गरेको खेलकुद बिभाग संयोजक तथा कार्यक्रमका संयोजक पृथ्वी थापा मगरले जानकारी गराएका छन ।

 

समाजका अध्यक्ष महल केसिका अनुसार ,पाल्पाली सेवासमाजले बिगतका वर्षमा पनि भलिबल खेलाउदै आएपनी पाल्पा कप भने पहिलो पटक खेलाउन लागेको जानकारी गराएका छन । समाजले भिभिन्न सामाजिक कार्यहरु गर्दै आए पनि खेलकुद लाई पनि विशेष कार्ययोजनामा राखी कार्यनयन गर्न लागिएको अध्यक्ष केसीले बताए ।

 

 

 

खेलमा प्रथम हुनेलाई, कतारी रियल चार हजारको धनराशि सहित मेडल,शिल्ड र प्रमाणपत्र रहेको छ भने

दित्तीय २५०० कतारी रियल,तृतीय १५०० कतारी रियल सान्त्वना ५०० कतारी रियल र सबै बिजेता टिमहरुलाइ  शिल्ड मेडल प्रमाण पत्र को रहेको क्लवका टिम कोच बिष्णु सुबेदिले जानकारी गराएका छ । कोच सुबेदिका अनुसार विधागत खेलाडीहरुको लागी पनि उचित पुरस्कारको ब्यवस्था गरिएकोछ, भने खेल भने FIVE(TT) को नियम अनुसरा खेलाइने छ

 

सामाजिक कार्य गरिरहने  समाजले समाज का सचिव बिकाश गैरेको नेतृत्वम २०७९ फागुन को महिना मा मात्रै ३ ओटा बिद्यालयमा रू १ लाख ५३ हजाको अक्षकोष स्थापना गरेको थियो । प्रतेक बिधालयलाई ५१ हजारका दरले कोष स्थापना गरेको थियो ।

प्रकाशित मिति : २०७९ चैत्र १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस