२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

बोरा कतारमा बिमोचन

दोहा– पत्रकार तथा लेखक अखण्ड भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन गरिएको छ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको साहित्य तथा प्रकाशन विभागको आयोजनामा अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक समेत रहेका लेखक भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन गरिएको हो।

एन सि सि कतारका अध्यक्ष रमेश भट्टको अध्यक्षता र लेखक भण्डारीको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा उपन्यासको बारेमा लेखक तथा साहित्यकार सुरेश भट्ट आस्रिनले प्रकाश पारेका थिए।

मुन्तजामा रहेको गोर्खाली रेष्टुरेन्टको सभाहलमा सप्पन्न कार्यक्रममा आइसीसी सदस्य दिपजंग शाह,नेपाल पत्रकार महांसघ कतारका अध्यक्ष दिल कुमार श्रेष्ठ,सामाजिक व्यक्तित्व बिमल सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा आफ्ना धारणा राख्दै प्रमुख अतिथि तथा लेखक भण्डारीले बोरा भित्र ब्रेरे आफ्नी आमालाई कसरि छोरा र बुहारिले खोला किनारमा फाले ? कसरि फेला परिन र कसरि भण्डारीले भेटे र उपन्यास भन्यो भन्ने पलहरु सुनाएका थिए ।

एन सि सि कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थीले स्वागत गरेको कार्यक्रमको सहजीकरण एन सि सि कतारका सचीव सन्तोष क्षेत्रीले गरेका थिए।

 

 

प्रकाशित मिति : २०८१ फाल्गुन ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस