२०८३ जेष्ठ १८ गते सोमवार | 2026 June 1st Monday

कतारमा रमादानको अवसरमा २१ नेपालीलाई आम माफी

दोहा- कतारस्थित कारागारहरूमा विभिन्न कसुरमा सजाय पाई बन्दी जीवन व्यतित गरेका २१ नेपालीहरूलाई कतार सरकारले आम माफी (क्षमादान) दिने भएको छ ।

नेपाली राजदूतावास कतारको आज प्रकाशित सुचना अनुसार इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमादानको अवसरमा कतारका अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीले कतारस्थित कारागारहरूमा विभिन्न कसुरमा सजाय पाई बन्दी जीवन व्यतित गरेका २१ नेपालीलाई आम माफी (क्षमादान) दिएका हुन ।

आम माफी (क्षमादान) पाउनेहरुमा यौनजन्य क्रियाकलापमा ३, चोरीजन्य क्रियाकलापमा ११, मादकपदार्थ बिक्रिवितरणमा २ र आर्थिक हिनामिनामा ५ जना कसुरदार ठहरी लगायतले सजाय  भोगिरहेका छन ।

प्रकाशित मिति : २०७९ बैशाख ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस