२०८३ जेष्ठ १८ गते सोमवार | 2026 June 1st Monday

लोकप्रिय गायक राजु परियारले कतारमा “लोक दोहोरी धमाका २०२४” मा प्रस्तुति दिने

दोहा, १० जुलाई २०२४: नेपाली लोकदोहोरी क्षेत्रका चर्चित गायक राजु परियारलाई आगामी जुलाई १२ मा कतारमा हुने “लोक दोहोरी धमाका २०२४” कार्यक्रममा विशेष प्रस्तुति दिने कार्यक्रम रहेको छ।

“हाम्रो अभियान लोक संस्कृतिको संरक्षण, श्रष्टाको सम्मान र नवप्रतिभाको प्रोत्साहन” भन्ने मूल नाराका साथ स्थापित
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कतार शाखादले संस्थाको सातौं साधारण सभा साथै लोकदोहोरी धमाका कार्यक्रम गर्न लागेको हो।

कार्यक्रममा गायक राजु परियारको प्रस्तुतिसँगै नेपाली समुदायमा प्रचलित मौलिक लोक नृत्यहरु, प्रतिष्ठान शाखा कतारमा आवद्ध कलाकारहरुको सांगीतिक प्रस्तुतिहरु र प्रत्यक्ष लाईभ दोहोरी रहनेछ। कार्यक्रममा पछिल्लोपटक कतारमा चल्दै आइरहेको पन्चेबाजाको पनि प्रस्तुति रहने कार्यक्रम संयोजक ढकालले बताएका छन्।

नेपाली समुदायलाई लक्षित यो कार्यक्रमले कतारमा रहेका नेपालीहरुलाई आफ्नो संस्कृति र परम्परासँग जोड्ने एउटा राम्रो माध्यम प्रदान गर्ने अपेक्षा गरिएको छ। लामो समयपछि कतार आउन लागेका राजु परिवारको यो कार्यक्रमलाई विशेष रुपमा नेपाली समुदायले हेरेको पाइएको छ

कार्यक्रम संयोजक ढकालका अनुसार कार्यक्रममा आउन र जानको लागि यातायातको पनि व्यवस्था रहेको छ।
छुट्ने स्थान र समय

मुमताज पार्क १० बजे बिहान
ग्रेनेड महल १० बजे बिहान
लतिया मार्केट १० बजे बिहान
होम सालाल अलि बाट १०:३० बिहान

 

कलाकार, मिति, स्थान र समय:

कलाकार: राजु परियार
मिति: २०२४ जुलाई १२
समय: स्थानिय समय अनुसार बिहान ११ बजेदेखि
स्थान: ट्युनिसियम स्कुलको सभाहल, अल लक्ता

थप जानकारीको लागि: कार्यक्रम संयोजक कृष्ण ढकाललाई ७०७२९९२४ मा सम्पर्क गर्नुहोस्।

 

प्रकाशित मिति : २०८१ असार २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस