२०८३ बैशाख १ गते मङ्गलवार | 2026 April 14th Tuesday

हेल्प मधेसी कतारद्वारा स्व. गिरी प्रति श्रद्धाञ्जली कार्यक्रम सप्पन्न

दोहा- नेपाली काङ्ग्रेसका नेता, सान्सद तथा समाजवादी चिन्तक प्रदिप गिरिको निधन सङ्गै नेपाली राजनीतिले एक बौद्धिक राजनीतिज्ञ गुमाएको छ।समाजिक सन्जालमा स्व. गिरिको निधनप्रति देश तथा विदेशमा विभिन्न क्षेत्रका व्यक्तिहरुले श्रद्धाञ्जली अर्पण गरिरहेका छन।

यसै सन्दर्भमा हेल्प मधेसी कतार च्यापटरद्वारा स्वर्गीय प्रदिप गिरीको १३ औ दिनको पुण्य तिथिमा शुक्रबार श्रद्धाञ्जली कार्यक्रम सप्पन्न गरेको छ।

कार्यक्रममा बोल्दै विभिन्न वक्ताहरुले गिरी राजनीतज्ञ मात्र नभई एक लेखक, चिन्तक, र एक दार्शनिक भएको बताए।गिरी सरल , मिलनसार, गान्धीका अनुयायी रमायण , महाभारत , वेद , पुरान, उपनिषद् र श्रीमद्भागवत गिताको समेत राम्रो जानकार भएको बताएका थिए ।

साथै हेल्प मधेसी कतार च्यापटरद्वारा अगामी ०९” सेप्टेम्बर २०२२ शुक्रबारका दिन हुने रक्तदान कार्यक्रमको तयारी तीब्र रुपमा भईरहेको कतारका अध्यक्ष रामकुमार यादवले बताए।अध्यक्ष यादवका अनुसार रक्तदान कार्यक्रममा रक्तदाताहरुलाई सहज हुनको लागि रिसेप्सनमा ५ जना फोटोग्राफरमा १ जना यातायात व्यवस्थामा २ जना लगायत पुर्ण विवरण प्राप्त पीडितहरुको सम्बन्धमा विशेष छलफल भयो।

रक्तदान कार्यक्रममा संस्थागत, व्यक्तिगत सहभागी हुनका लागि साथै उक्त पुण्य एव मानवीय कार्यको लागि कार्यक्रममा कतारमा स्थापित सम्पूर्ण संघ , संस्थाका प्रमुख प्रतिनिधि , कतारवासी, समस्त नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा वृहत् सहभागीताको लागि अनुरोध गरेका छन।

प्रकाशित मिति : २०७९ भाद्र १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस