२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

११५ औं अन्तरास्ट्रिय नारी दिवसको अवसरमा कतारमा नि:शुल्क स्वास्थ्य शिविर हुदै

दोहा– ११५ औं अन्तरास्ट्रिय नारी दिवसको अवसरमा कतारमा नि:शुल्क स्वास्थ्य शिविर हुने भएको छ।

नेपाली राजदूतावास दोहा कतारको आयोजना नेपाली रक्तदाता संघ कतारको समन्वय साथै अमेरिकन हस्पिटलको प्राविधिक सहयोग र नेपाली महिला समाज कतारको बिशेष सहयोगमा नि:शुल्क स्वास्थ्य शिविर हुने भएको हो।

११५ औं अन्तरास्ट्रिय नारी दिवसको अवसरमा विशेषगरि महिला दिदिबहिनीहरुको लागि यो शिविरको आयोजना गरिएकोले कतारमा रहेका महिला दिदिबहिनीहरुलाई शिविरको लाभ लिन आयोजकले आग्रह गरेको छ।

मार्च ७ तारिक शुक्रवारका दिन नेपाली राजदूतावास कतारको परिसरमा हुने शिविर बिहान ८ बजे देखि सुरु भैई दिउँसो १:०० बजे सम्म चल्नेछ।

हरेक वर्ष मार्च ८ तारिखका दिन अन्तरास्ट्रिय नारी दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तरास्ट्रिय नारी दिवस मनाउने प्रचलन छ ।

 

 

प्रकाशित मिति : २०८१ फाल्गुन २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस