२०८३ जेष्ठ ६ गते बुधवार | 2026 May 20th Wednesday

लमजुङ सेवा समाज कतारले रक्तदान कार्यक्रम गर्दै

दोहा-लमजुङ सेवा समाज कतारले रक्तदान कार्यक्रम गर्ने भएको छ।

नेपाली रक्तदाता संघ कतारको समन्वयमा समाजले रक्तदान कार्यक्रम गर्ने भएको हो।

आगामी अगस्ट १८ शुक्रबारका दिन “बृहत रक्तदान कार्यक्रम” को आयोजना गरिएको लमजुङ सेवा समाज कतारका अध्यक्ष सिताराम थापाले जानकारी दिएका छन।

हमाद अस्पतालको ब्लड डोनर सेन्टरमा हुने कार्यक्रम बिहान ८ बजेदेखि १ बजे सम्म हुनेछ ।

दुःख सुखमा साथ – लमजुङ सेवा समाज” सेवा समाज भन्ने मूल नाराका साथ सन् २००५ मा स्थापना भएको संस्थाले विभिन्न सामाजिक कार्य गर्दै आएको छ।

प्रकाशित मिति : २०८० साउन २० गते शनिवार
प्रतिक्रिया दिनुहोस