२०८३ जेष्ठ ६ गते बुधवार | 2026 May 20th Wednesday

श्रमिक अधिकार,सुरक्षा तथा सु-स्वास्थ सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न

 दोहा । नेपाली श्रमिक कल्याणकारी संघ कतारले  बिडब्लूआई,श्रम मन्त्रालय कतार र राष्ट्रिय मानव अधिकार समितीको  सह-आयोजनामा श्रमिक अधिकार,सुरक्षा तथा सु-स्वास्थ सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

प्रमुख अतिथि  नेपाली राजदूतावास कतारका श्रमिक बिभागका श्रम सहचारी टिकामणि न्यौपानेले श्रमिकका हक र हितका लागि हुने  यस्ता खालका कार्यक्रमको लागि नेपाली राजदूतावास सदैव साथमा रहेको बताए । उनले  श्रमिक हकहितका  लागि संघले अत्यन्तै सराहनीय कार्य गरेको बताए ।

 कार्यक्रममा  मानव अधिकार तथा स्वास्थ सुरक्षा सम्बन्धमा  श्रम स्वीकृति,कल्याणकारी कोष, जीवन बिमा, रेमिट्यान्स, वैदेशिक रोजगार,सामाजिक सुरक्षा कोषमा कसरी आवद्ध हुने र आवद्ध भएर कसरी फाईदा लिन्ने भन्ने बिषयमा,  स्वास्थ जीवन , योगा,तथा मानिसको शरिरलाई चाहिने ब्यायाम, कसरत,आराम लगायत रक्तदान गर्दा शरिरलाई हुने फाईदाका बारेमा,  सामाजिक सञ्जाल फेसबुक तथा टिकटक कतारमा सदुपयोग नभई दुरुपयोग बढी भईरहेको बिषयमा सुझाव सल्लाह तथा प्रक्षिशण दिएका थिए ।

नेपाली राजदूतावास कतारका श्रमिक बिभागका श्रम सहचारी टिकामणि न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न  कार्यक्रमका सभापति  नेपाली श्रमिक कल्याणकारी संघ कतारका अध्यक्ष नारायण खपाङ्गी मगर रहेका    थिए ।संघका सल्लाहकार तथा कार्यक्रम संयोजक बिमल सुवेदीले स्वागत मन्तव्य तथा कार्यक्रमको बारेमा प्रष्ट पारेको कार्यक्रमलाई  समाजका महासचिव सुरत शाहीले सहजीकरण गरेको थिए ।  जनचेतना मुलक कार्यक्रममा कतारका मिनिष्टर अफ लेबरका प्रतिनिधि नासर अल हिमादी, ईन्टरनेशनल ट्रान्सपोर्ट्बाट फि ड्रेसनका नुरीया, कतार मिनिष्टर अफ पब्लिक हेल्थबाट कुसाई मोहम्मद,कानुनी परामर्शदाता एवं प्रतिनिधि राष्ट्रिय मानवअधिकार आयोग कतारका प्रोफेसर मोहम्मद रमजान अलि मियाँ/हमुद्दिन खान,लगायत ईन्डियन कम्युनिटीका प्रमुख, बङलादेश कम्युनिटीका प्रमुख,सहित सयौं श्रमिकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति : २०८१ भाद्र २ गते आइतवार
प्रतिक्रिया दिनुहोस