२०८२ चैत्र २९ गते आइतवार | 2026 April 12th Sunday

CFC Blue र UYFC फाइनलमा प्रवेश।

दोहा कतार, सिएफसि दोस्रो नक आउट फुट्बल प्रतियोगिता जारी रहेको हिजो शुक्रवार छैटौँ हप्ताको खेल सिएफसि का अध्यक्ष देव नारायण चौधरिको सभापतित्वमा थारु कल्याणकारी समाजका पदाधिकारी र अन्य अतिथिका साथै उल्लेख्य दर्शकहरुको उपस्थिति मा यस प्रतियोगिताको सेमि फाईनल खेल सम्पन्न भएको छ । सेमी फाइनल खेलको पहिलो खेलमा UYFC को तर्फबाट जर्सि नम्बर ९ का रोशन ले १ गोल को अग्रतामा १-० गोलको अन्तर ले Happies Bro FC लाई पराजित गर्दै UYFC फाईनलमा प्रवेश गरेको छ ।उक्त खेल मा उत्कृष्ट खेलको प्रदर्शन गर्दै UYFC का जर्सि नम्बर ९ का रोशन उत्कृष्ट खेलाडीमा परेका छन, भने सोही खेल मा बिपक्षि टिमबाट बिष्णु राई उत्कृष्ट खेलाडी छनौट भएका छन्।
यसै गरि दोस्रो खेल CFC BLUE vs Petro fc विच भएको खेलमा CFC BLUE २-१ गोलको अन्तरले फाइनलमा प्रवेश गरेको छ । CFC Blue का जर्सि नम्बर ११ का मिलन थापा र जर्सि नम्बर २१ का राजकुमार चौधरि ले १-१ गोल गरेका छन । Petro fc को तर्फबाट जर्सि नम्बर २ का सन्जय मन्डल ले १ गोल गरेका थिए । त्यस खेल मा CFC Blue का खेलाडि बसन्त तामाङ किपर तथा देवराज चौधरि खेलको उत्कृष्ट खेलाडी चयन भएका छन्। १४ अक्टोबर हुने फाइनल खेल मा CFC Blue vs UYFC को रोचक फुटबल खेल हुने भएको छ ।

खेलको अन्तिम दिन प्रथम विजेता लाई नगद क.री ५,५५५.०० तथा ट्रफी र खेल को दोश्रो विजेतालाई नगद क.री ३,३३३.०० तथा ट्रफी साथै सर्वोत्कृष्ट खेलाडी हरु लाई ट्रफी तथा सम्मान पत्रद्वारा सम्मान गरिने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २०७९ असोज २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस