२०८३ जेष्ठ ६ गते बुधवार | 2026 May 20th Wednesday

अनेसास–नवोदित साहित्यिक वाचन डबली सम्पन्न

 

दोहा, कतार। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कतार च्याप्टर र नवोदित साहित्यिक वाचनालय, कतारको संयुक्त आयोजनामा “अनेसास–नवोदित साहित्यिक वाचन डबली” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

 

कार्यक्रम २०२५ अक्टोबर १० (शुक्रबार) का दिन दोहास्थित गोर्खाली रेस्टुरेन्ट, मुन्ताजामा सम्पन्न भएको हो। दिउँसो १ बजे सुरु भई ३ बजेसम्म चलेको सो कार्यक्रममा कवि, गजलकार, साहित्यकार तथा साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

कार्यक्रममा विशिष्ट श्रोता सुरेन्द्र बस्नेत रहेका थिए भने कार्यक्रमको सञ्चालन शोभाराम ओलीले गर्नु भएको थियो। सहभागी स्रष्टाहरूले आफ्ना कवितात्मक सिर्जनाहरू वाचन गरी कार्यक्रममा रौनक थपेका थिए।

 

भाषा, साहित्य र संस्कृतिको संवर्द्धन तथा सचेत र शिक्षित समाज निर्माणमा योगदान पुर्‍याउने उद्देश्यसहित यस्ता साहित्यिक वाचन डबलीहरू निरन्तर रूपमा आयोजना गरिँदै आएको आयोजक संस्थाहरूले जनाएका छन्।

प्रकाशित मिति : २०८२ असोज २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस