दोहा, कतार — रामेछाप सेवा समाज दोहा कतारले आफ्नो सातौं विशेष भेला सम्पन्न गरेको छ । भेलाले राजु थापा मगरको नेतृत्वमा १९ सदस्यीय पूर्ण कार्यसमिति निर्विरोध चयन गरेको छ ।
नवनिर्वाचित कार्यसमितिमा तिमीहरूको टिम यसप्रकार रहेको छ । राजु थापा मगर अध्यक्ष, आशिष् मुक्तान वरिष्ठ उपाध्यक्ष, राज तामाङ प्रथम उपाध्यक्ष, सुभ्राज सुनार द्वितीय उपाध्यक्ष, प्रकाश दर्नाल महासचिव, कविता तामाङ सचिव, ममता रानाभाट (खत्री) महिला उपाध्यक्ष, जितबहादुर खत्री कोषाध्यक्ष र सुसान मगर सह-कोषाध्यक्षमा चयन भएका छन् । त्यस्तै सदस्यहरूमा कर्ण घिसिङ, समन खड्का, शर्मिला राउत, रामकुमार बस्नेत, प्रेम भण्डारी, मीना योन्जन, राजकुमार भण्डारी, मुना बम्जन तामाङ, राजिब सेन्चुरी र यमुना खत्री रहेका छन् ।
कार्यक्रमको सभापतित्व संस्थाका कार्यवाहक अध्यक्ष राज तामाङले गरेका थिए भने प्रमुख अतिथिको रूपमा बागमती प्रदेश नं. ३ समन्वय समितिका अध्यक्ष कडेन्द्र कडेल रहेका थिए । विशिष्ट अतिथिहरूमा संस्थाका संस्थापक संरक्षक उद्धब मगर, प्रमुख सल्लाहकार ललित कुमार तामाङ, सल्लाहकार नीरबहादुर मगर, बिनिता, सुकदेव खड्का, घिसिङ, धादिङ सेवा समाजका आयुब घले, रामहरि चौलागाई (काभ्रेपलान्चोक) र गणेश थापा (चितवन सेवा समाज) लगायतको उपस्थिति थियो ।
कार्यक्रम पानसमा दीप प्रज्वलन गरी सुरु भएको थियो । कार्यक्रम सञ्चालन उपमहासचिव प्रकाश दर्नालले गरेका थिए भने स्वागत मन्तव्य महिला उपाध्यक्ष ममता रानाभाटले राखेकी थिइन् । अन्त्यमा सभा अध्यक्ष राज तामाङले प्रमुख अतिथि, विशिष्ट अतिथि, रामेछाप जिल्लाबासी, गैर जिल्लाबासी, महिला तथा पत्रकारहरूलाई धन्यवाद दिँदै कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको घोषणा गरेका थिए ।