२०८३ जेष्ठ १० गते आइतवार | 2026 May 24th Sunday

अन्तर्राष्ट्रिय नेपाली समाज कतारको चौथो अधिबेशन आगामी शुक्रबार हुँदै

दोहा : अन्तर्राष्ट्रिय नेपाली समाज कतारको चौथो अधिबेशन आगामी शुक्रबार हुने भएको छ ।

`समृद्धि सम्भब छ हाम्रै पालामा´ भन्ने मुल नाराका साथ सन: २०१६ मा स्थापित समाजको चौथो अधिबेशन १० जनवरी २०२५ का दिन प्लाजा मल स्थित, वेलफेवेर रेस्टुरेंटको सभाहलमा मध्याह्न १२ बजे देखी हुन गहिरहेको अन्तर्राष्ट्रिय नेपाली समाज कतारका अध्यक्ष राजाराम शाहिले जानकारी गराए ।

“मजदुर हरुको हक र हितका पक्षमा ससक्त अभियान चलाउदै आएको समाजको चौथो अधिबेशमा उपस्थिति वक्ता हरुबाट देश – समाज लगायत समसामायिक विषय बस्तुमा आधारित रहेर शुभकामना मन्तव्य सहितको कार्यक्रम हुन लागेको प्रवक्ता तथा महासचिव धुर्व क्षेत्रीले बताए

कार्यक्रममा कतारमा स्थापित सम्पूर्ण बैचारिक,जातीय, जिल्ला, प्रदेश लगायत सम्पूर्ण संघ सस्थाहरु , समाजसेवी , पत्रकार ,कलाकार लगायत सम्पुर्ण नेपाली जनमा उपस्थिति जनाएर सफल पारीदिनु हुन आयोजक संस्था अन्तर्राष्ट्रिय नेपाली समाज कतारले बताएको छ।

 

 

प्रकाशित मिति : २०८१ पुष २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस