२०८३ जेष्ठ १० गते आइतवार | 2026 May 24th Sunday

ओमनले सुपर–६ को पहिलो खेलमा कतारलाई ३१ रनले पराजित गर्यो

दोहा, कतार

ICC पुरुष टी–२० विश्वकप एशिया–पूर्वी एसिया–प्रशान्त (EAP) छनोट अन्तर्गत सुपर–६ चरणको पहिलो खेलमा आयोजक ओमनले कतारमाथि ३१ रनको जित हासिल गरेको छ।
पहिले ब्याटिङ गरेको ओमनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७२ रनको बलियो योगफल तयार गर्‍यो। कप्तान जातिन्दर सिंहले ४० बलमा ७ चौका र ३ छक्का सहित ६६ रनको उत्कृष्ट पारी खेले। आर्यन बिष्टले २४ बलमा ३४ रन र विनायक शुक्लाले अन्त्यतिर १५ बलमा ३० रनको योगदान दिए।
कतारका बलर बायगले ४ ओभरमा २८ रन दिँदै ४ विकेट लिए, तर अन्य बलरहरूले रन नियन्त्रण गर्न सकेनन्।
१७३ रनको लक्ष्य पछ्याउने क्रममा कतार २० ओभरमा ८ विकेटको क्षतिमा १४१ रनमै सीमित रह्यो। शरीक मुनीरले २५ बलमा ३४ रन बनाए भने कप्तान इमाल लियानागेले २८ रन जोडे, तर टोलीलाई जित दिलाउन सकेनन्। ओमनका बिलाल खान र आयान खानले समान दुई–दुई विकेट लिए।

यस जितसँगै ओमनले सुपर–६ चरणमा दुई अंक जोड्दै अग्रता लिएको छ भने कतार पहिलो खेलमै पराजित हुँदै दबाबमा परेको छ।
म्यान अफ द म्याच: जातिन्दर सिंह (ओमन) – ६६ रन (४० बल) बनेका छन्।

प्रकाशित मिति : २०८२ असोज २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस