२०८३ जेष्ठ ६ गते बुधवार | 2026 May 20th Wednesday

कतारमा स्थापित   सात  संस्थाहरु सयुक्त रूपमा मिलेर गरे रमजान अवसरमा शुभकामना आदानप्रदान

 दोहा ।   इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अवसरमा  कतारमा स्थापित   सात  संस्थाहरु   प्रवासी नेपाली एकता मञ्च कतार, नेपाली समाज कतार, नेपाली जनप्रगतिशिल मोर्चा कतार, अन्तर्राष्ट्रिय मुस्लिम समाज कतार, राष्ट्रिय मुस्लिम परिषद कतार,  नेपाल मुस्लिम शान्ति समाज कतार र जमिअल उलमा-ए- नेपाल कतारले सयुक्त रुपमा  ईफ्तार विशेष कार्यक्रम  सम्पन्न गरेको छ ।

 नेपाली राजदूतावास कतारका महामहिम डा. नरेश बिक्रम ढकालको प्रमुख आतिथि रहेको  कार्यक्रम कतार च्यारिटीको सभाहलमा  भएको थियो  ।  कार्यक्रममा पवित्र महिना  रमजानको  अवसरमा शुभकामना व्यक्त गर्दै  महामहिम ढकालले अभिभाकत्व प्रदान गरेका थिए ।

 

नेपाली  समाज कतारका  अध्यक्ष मनिष यादवले स्वागत मन्तव्य राखेको कार्यक्रममा धार्मिक गुरु मौलानाले  ईस्लाम धर्म र महत्त्वको बारेमा प्रष्ट पारेका थिए। साथै  ईस्लाम धर्मावलम्बीहरुको रोजा,व्रत उपवास, रमदान तथा ईस्लाम धर्म र महत्त्वको बारेमा  बताएका थिए ।

 कार्यक्रम प्रवासी नेपाली एकता  मञ्च कतारका अध्यक्ष मुक्तादा मुसलमानको अध्यक्षतामा सम्पन्न भएको थियो।    मञ्चका सचीव दिनेश कटुवाले गरेको संचालन गरेको   कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि,ईस्लामिक मौलाना धर्म गुरुहरु लगायत थुप्रै आस्थावान तथा शुभचिन्तकहरुको  उपस्थिति  रहेको थियो ।

प्रकाशित मिति : २०८० चैत्र २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस