२०८३ जेष्ठ १२ गते मङ्गलवार | 2026 May 26th Tuesday

कतार विश्वकप अहिलेसम्मकै उत्कृष्ट भएको फिफाको दाबी

दोहा-विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कतार विश्वकप अहिलेसम्मकै उत्कृष्ट प्रतियोगिता बनेको बताएको छ ।

कतार विश्वकप फुटबलको फाइनल खेलअघिको पत्रकार सम्मेलनमा बोल्दै फिफा अध्यक्ष जियानी इनफान्टिनोले कतार विश्वकप अहिलेसम्मकै उत्कृष्ट प्रतियोगिता भएको दाबी गरेका हुन।

यसैबीच उनलेे ३२ टिम सहभागी हुने नयाँ क्लब विश्वकपको कार्यक्रम घोषणा गरेका छन।

इनफान्टिनोले ३२ टिम सहभागी हुने पुरुष क्लब विश्वकप सन् २०२५ मा हुने घोषणा गरेका हुन् ।

युरोपका ठुला क्लबले अस्विकार गरेको प्रस्तावका बीच फिफाले नयाँ क्लब विश्वकपको कार्यक्रम घोषणा गरेको हो ।

प्रकाशित मिति : २०७९ पुष १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस