२०८३ जेष्ठ १० गते आइतवार | 2026 May 24th Sunday

नेपाली श्रमिक कल्याणकारी संघ कतारले बृहत रक्तदान कार्यक्रमको आयोजना गदै

दोहा– नेपाली श्रमिक कल्याणकारी संघ कतारले बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ।

संघले नेपाली रक्तदाता संघ कतारको समन्वयमा बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको हो।

नोभेम्बर १७ तारिक शुक्रबारका दिन हमाद अस्पतालको ब्लड डाेनर सेन्टरमा कार्यक्रम आयोजना गरिएको हो।

कतारमा स्थापित सामाजिक,वैचारिक तथा जातीय संघ संस्थाहरू पत्रकारहरू,बुद्धिजीवी,समाजसेवी, व्यवसायीहरू लगायत कतारलाई कर्मथलो बनाएर रहेका सम्पूर्ण नेपालीहरुलाई रक्तदान कार्यक्रममा सहभागी भइदिन कल्याणकारी संघका अध्यक्ष देब लम्सालले अनुरोध गरेका छन।

कार्यक्रम बिहान ८ बजे देखि सुरु हुनेछ।

प्रकाशित मिति : २०८० कार्तिक २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस