२०८२ चैत्र २९ गते आइतवार | 2026 April 12th Sunday

स्याङ्जा सहयोग समाज कतारको बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ७६ जनाले गरे रक्तदान

दोहा, कतार — “स्याङ्जा सहयोग समाजको चाहना, विशुद्ध सामाजिक सेवाको भावना” भन्ने नाराका साथ स्याङ्जा सहयोग समाज कतारको आयोजनामा “बृहत् रक्तदान कार्यक्रम २०२५” सफलतापूर्वक सम्पन्न भएको छ। हमाद अस्पतालको Blood Donors Center मा आयोजित कार्यक्रममा कुल ७६ जनाले रक्तदान गरेका छन्।

 

कार्यक्रम स्याङ्जा सहयोग समाज कतार मातहतका इकाइ तथा विभागहरूको सहआयोजनामा, नेपाली रक्तदाता संघ कतारको समन्वयमा सम्पन्न भएको हो।

 

समाजका अध्यक्ष घनश्याम जैसीले कार्यक्रममा उल्लेखनीय उपस्थिति जनाउने सम्पूर्ण सहभागी, रक्तदाताहरू, स्वयंसेवकहरू, तथा सहकार्य गर्ने संघसंस्थाप्रति विशेष आभार प्रकट गर्दै धन्यवाद दिएका थिए।

 

रक्तदान कार्यक्रममा सहभागी सबैलाई प्रशंसा पत्र प्रदान गरिएको थियो भने, कतारस्थित विभिन्न नेपाली संघ-संस्थाका प्रतिनिधिहरूको समेत सक्रिय उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २०८२ साउन ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस