२०८३ बैशाख ३० गते बुधवार | 2026 May 13th Wednesday

पर्वत जलजला र आर्थरका समाजको आयोजनामा ११० जनाले रक्तदान गरे।

दोहा । पर्वतजलजला समाज कतार र आर्थर डाँडाखर्क समाज कतारले नेपाली रक्तदाता सङ्घ कतारको समन्वयमा संयुक्त रूपमा आयोजना गरेको “बृहत रक्तदान” कार्यक्रम सम्पन्न भएको छ ।

आज २३ जनवरी २०२६ का दिन बिहान ७ बजेदेखि सुरु भई दिउँसो २ बजे सम्पन्न भएको कार्यक्रममा पर्वत जलजला समाजका संरक्षक भरत मल्ल र आर्थर डाँडाखर्क समाजका संरक्षक रघु शर्माले संयुक्त रुपमा रक्तदान गर्दै शुभारम्भ गरेका थिए भने कार्यक्रमको अन्तिममा जलजलाका अध्यक्ष देवराज कार्की र आर्थरका अध्यक्ष राजु जिसीले रक्तदान गर्दै समापन गरेका थिए।

 

प्रत्यक्ष पुण्य कार्यका लागी रक्तदान भन्दा ठुलो अर्को कुनै कर्म छैन।आफ्नो सानो सहयोगले बिपतमा परेकाहरुको जीवन रक्षा जस्तो मानवीय कार्य गर्न पाउनु आफैमा गौरवको कुरा हो ।यसै अनुरुप जीवन जोखिममा रहेका मानिसहरुको रक्षाको लागी मानवीय कार्यलाई अगाडी सार्दै रक्तदानको कार्यक्रमको आयोजना गरिएको थियो ।

 

रक्तदान आफैमा एउटा पुण्यको काम हो” । मानवीय कार्यका लागि गरिएको यस रक्तदान कार्यक्रममा १४३ जनाले रक्तदान गर्नको लागि नाम टिपाएपनि जम्मा ११० जनाले रक्तदान गरेको थिए भने ३३ जनाले विभिन्न कारणले रक्तदान गर्नबाट बन्चित रहे ।

 

कार्यक्रममा सहभागी भई आफ्नो अमूल्य समय दिइ विशेष सहयोग गर्नु हुने बाग्लुङ सेवा समाज ठकुरी सहयोग सञ्जाल र रोयल ठकुरी ग्रुप लगायत कतारको दोहामा  स्थापित सम्पूर्ण नेपाली संघ संस्थाहरू लगायत उपस्थित सम्पूर्ण सहयोगी मनहरूमा समाजको तर्फबाट अध्यक्ष द्वय कार्की र जिसीले हार्दिक धन्यवाद व्यक्त गरेका थिए।

 

प्रकाशित मिति : २०८२ माघ १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस