२०८३ जेष्ठ ६ गते बुधवार | 2026 May 20th Wednesday

हेल्प मधेसी कतारद्वारा होली उत्सव एवं वनभोज कार्यक्रम सम्पन्न

दोहा-रंगीन मौसम वसन्त ऋतुको आगमन सँगै मनाइने रंगहरुको पर्व होली (फागु पुर्णिमा)को अवसरमा हेल्प मधेसी कतार च्यापटरको आयोजनामा होली उत्सव एवं वनभोज कार्यक्रम सम्पन्न भएको छ।

च्यापटर कतारले फागु पूर्णिमाकाे अवसरमा शुक्रबार शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम सहितको आयाेजना गरेकाे थियो।

तन,मन,धन साथै सबहक साथ,सबहक विकास,सबहक हाथ भन्ने मुल नाराका साथ २०१५ मा कतारमा स्थापना भएको  संस्थाका अध्यक्ष रामकुमार यादवको सभापतित्व,संस्थाको संस्थापक गोबिन्द झाको प्रमुख आतिथ्यता तथा गैर अवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान,संस्थाको अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष पवन ठाकुर, समाजसेवी तथा सल्लाहकार मनिष यादव, संस्थाको संस्थापक सदस्य सरयुग यादवको विशिष्ट आतिथ्यमा भएको उक्त कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु,समाजसेवी,बुद्धिजीवीलगायतकाे बाक्लो उपस्थिति रहेकाे थियाे।

नेपालीहरुको विशेष चाडपर्वहरुमा भाषा,संस्कार, संस्कृति र मौलिक पहिचानलाई प्रवासमा रहेर पनि संरक्षण सम्बर्द्धन गर्दै नेपाली समुदायलाई मनोरञ्जन दिलाउने उद्देश्य अनुरुप आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले आ- आफ्नो शुभकामना मन्तव्य राखेका थिए।

त्यस्तै कार्यक्रममा वीरेन्द्र महाराजजी मण्डली,रामकुमार मण्डल,मिथिला कला परिसद,अबुनखला मण्डली, ओल्ड अल रयान मण्डली,रामकुमार दास तथा स्थानीय कलाकारहरुको जोगिरा सहित सांस्कृतिक कार्यक्रममा दर्जनौं कलाकारहरुकाे प्रस्तुति रहेकाे थियो।

संस्थाका उपाध्यक्ष इसिलाल पण्डितले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण इसिलाल पण्डितले गरेका थिए।

प्रकाशित मिति : २०७९ फाल्गुन २० गते शनिवार
प्रतिक्रिया दिनुहोस