२०८२ फाल्गुन २६ गते मङ्गलवार | 2026 March 10th Tuesday

एनआरएनए कतार २०२३-२०२५: युवा उपाध्यक्षमा भारतीको उम्मेदवारी

दोहा-

बिदेशमा बस्ने नेपाली हरुको साझा सस्था गैर आवासीय नेपाली संघ अहिले बिस्वभर आफ्नो राट्रिय समितिको ०२३-०२५ को लागि लागी चुनाब मा होमिदै छ l कतारमा आउदो अधिबेशनका लागी उम्मेदबारी घोषणा हुन् थालेका छन् l यसैक्रममा युवा उपाध्यक्षमा डेग बहादुर भारती सुमनले उम्मेदवारी घोषणा गरेका छन् ।

२०२१-२०२३ को कार्सयकालमा तुवा संयोजक को भूमिकामा काम गरिरहेका भारती २००६ मा कतार प्रवेश गरेका थिए l २००७ मा नै एनआरएन एनसिसि कतारका पार्षद सदस्य बनेका उनि संग मितेरी फिल्म्स साँस्कृतिक समुहका अध्यक्ष, अन्तर्राष्ट्रिय साँस्कृतिक मँचका प्रथम उपाध्यक्ष रहेर काम गरेको अनुभव छ ।

चितवन युवा समुह कतारको कार्यसमितिमा रहेर काम गरेका उनि हाल चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिका प्रवास साँस्कृतिक संयोजक समेत रहेका छन । साँस्कृतिक क्षेत्रमा अब्बल र आफु पनि कलाकार भएको कारण नेपालबाट सबैभन्दा बढि र चर्चित कलाकारहरुलाइ प्रवासमा लैजान संयोजकको भुमिकामा रहन्छन ।

दोहामा नेपालीहरु माझ भइपरि आउने समस्याको समाधान सबैमिलेर गर्ने प्रतिबद्धता जाहेर गर्दै कतारका अग्रज र अन्य संघसंस्थालाइ सहयोगको लागी अपिल गरेका छन् l

भारतीको अपिल जस्ताको त्यस्तै

आदरणीय गैरआवासीय नेपाली संघसंग आवद्ध अग्रज अभियान्ता ज्यूहरु, कतारका भिभिन्न संघ संस्थाका प्रमुख एवं पदाधिकारी ज्यूहरु, कतारवासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु, बुद्धिजीवी, पत्रकार, समाजिक अभियन्ता, पार्षद ज्यूहरु लगायत सम्पूर्णमा सादर नमस्कार ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको विभिन्न जिम्मेवारीमा रहि सफलता पूर्व कार्यसम्पादन गर्दै आईरहेको यहाँहरूलाई सर्व विदित्तै छ । यहाँहरूकै साथ, समर्थन र सहयोगबाट आफूलाई यस उचाईमा पाउँदा यहाँहरू सम्पूर्ण प्रती ऋणी छु ।

यहाँहरूकै सल्लाह, सुझाव र हौसलालाई शिरोधार्य गर्दै पुनस् गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको आसन्न १० औं राष्ट्रिय अधिवेशन मार्फत एनसीसी कतारको २०२३-२०२५ कार्यकालका लागि यूवा उपाघ्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको छु ।
थप, सल्लाह सुझाव र प्रतिक्रियाको अपेक्षा गर्दछु ।

डेग बहादुर भारती सुमन
उम्मेदवार
यूवा उपाध्यक्ष

प्रकाशित मिति : २०८० असार २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस