२०८२ फाल्गुन २७ गते बुधवार | 2026 March 11th Wednesday

कतारकालागी नव नियुक्त राजदुत ढकालद्वारा पदभार ग्रहण

दोहा- कतारका लागी नव नियुक्त नेपाली राजदूत महामहिम डा. नरेश विक्रम ढकाल कतार आई पुगेका छन् भूतपूर्व राजदूत डा.नारदनाथ भारद्वाजले आफ्नो दुई वर्षे कार्यकाल पूरा गरी २८ अक्टोबर २०२१ मा स्वदेश फिर्ता भएपछि रिक्त रहेको पदमा नेपाल सरकारबाट नियुक्त गरिएका राजदूत महामहिम विक्रम ढकालले ७ जुलाई २०२२ मा आफ्नो पदभार ग्रहण गरेका हुन् ।

 

महामहिम राजदूत डा. ढकाल दोहा स्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थल आई पुग्दा त्यहाँ अति विशिष्ट कक्षमा कतारका परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल तथा राजदूतावासका कूटनैतिक अधिकारीहरूले उहाँलाई स्वागत गरेका थिए l अपराह्न राजदूतावासमा आयोजित संक्षिप्त कार्यक्रममा महामहिम राजदूतलाई स्थानीय कर्मचारीहरूले स्वागत गरेका थिए । सोही अवसरमा नियोग उपप्रमुख लक्ष्मण खनालले राजदूतावासको सेवा प्रवाह र नेपाल – कतार द्विपक्षीय सम्बन्धबारे जानकारी गराएका थिए l

ढकालले उपस्थित कर्मचारीहरू तथा विमानस्थलमा विशिष्ट कक्षमा कतारको परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल एव राजदूतावासका कूटनैतिक अधिकारीहरू सहितलाई स्वागतका लागि धन्यवाद व्यक्त गरे l उनले दूतावासको सेवालाई आवश्यकता अनुरूप थप चुस्त बनाउने र नेपाल – कतार सम्बन्धका विविध अयामहरुलाई उपलब्ध सम्भावनाहरूलाई नेपाल र नेपालीको हितका लागि उपयोग गर्ने प्रयासहरू केन्द्रित रहने बताए l

Photo:-Embassy of Nepal – Doha, Qatar FB Page

प्रकाशित मिति : २०७९ असार २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस