२०८२ फाल्गुन २९ गते शुक्रवार | 2026 March 13th Friday

कतारमा अनेसास नवोदित १६१औं साहित्यिक रचना वाचन डबली सम्पन्न

दोहा, कतार

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कतार च्याप्टर र नवोदित साहित्यिक वाचनालय कतारको संयुक्त आयोजनामा अनेसास नवोदित १६१औं साहित्यिक रचना वाचन डबली सम्पन्न भएको छ। कार्यक्रम १५ अगस्ट २०२५, शुक्रबार दिउँसो १ बजेदेखि ३ बजेसम्म कतारको मुन्ताजास्थित गोर्खाली रेस्टुरेन्टको सभाहलमा भएको हो।

कार्यक्रममा अमेरिकामा बस्दै आएका अनेसास केन्द्रीय महासचिव, साहित्यकार कवि राजु सिटौला विशिष्ट श्रोता बनेका थिए। कतारमा कार्यरत दुई दर्जनभन्दा बढी साहित्यकारहरूले आफ्ना कविता र गजल वाचन गरेर उपस्थित सहभागीलाई मन्त्रमुग्ध बनाएका थिए। कार्यक्रमको संयोजन कवि सिताराम थापाले गरेका थिए।

राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा गजलकार गोविन्द उदासीले पहिलो प्रस्तुति दिएका थिए। त्यसपछि खिम पुन, खेमराज सुवेदी, लिलानाथ घिमिरे, योगि कमल पुस्कर, चन्द्र दाहाल, पवन गुरुङ, मीन सागर थापा, पान्डव थापा, सुजाता डिसी, सानु थपलिया, लुरी थपलिया, पूर्ण कान्छा गुरुङ, दिपक पुडासैनी, बिकास भुजेल, बिमल सुवेदी, चक्र कार्की, मणि पौडेल, दिपेन्द्र क्षेत्री, प्रेम प्रसाद भट्टराई, शोभाराम ओली, दिलिप पराजुली र सिताराम थापाले आफ्ना कविता तथा गजल प्रस्तुत गरेका थिए।

सोही अवसरमा अनेसास कतार च्याप्टर र नवोदित साहित्यिक वाचनालयले अनेसास केन्द्रीय महासचिव कवि राजु सिटौलालाई नेपाली साहित्य, कला र संस्कृतिको क्षेत्रमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै दोसल्ला र सम्मानपत्र प्रदान गरेका थिए।

कार्यक्रममा बोल्दै पूर्व विशिष्ट श्रोता बिमल सुवेदीले अनेसासलाई मध्यपूर्वभर फैलाउन विधान संशोधन गरी मध्यपूर्व उपाध्यक्ष नियुक्त गर्नुपर्ने विचार प्रस्तुत गरेका थिए। सोही धारणा दुवै संस्थाका सल्लाहकार प्रेम प्रसाद भट्टराईले पनि समर्थन गरेका थिए।

कार्यक्रमको अन्त्यमा कवि राजु सिटौलाले कार्यक्रम सफल भएको भन्दै आभार व्यक्त गरे। उनले मध्यपूर्व उपाध्यक्षको विषयमा केन्द्रमा पनि छलफल चलिरहेको र छिट्टै टुंगो लाग्ने बताए। अन्त्यमा उनले दमदार कविता वाचन गर्दै कार्यक्रमलाई समापन गरेका थिए।

प्रकाशित मिति : २०८२ भाद्र १ गते आइतवार
प्रतिक्रिया दिनुहोस