२०८३ जेष्ठ १२ गते मङ्गलवार | 2026 May 26th Tuesday

किराया शाखा, कतारको १०औं अधिवेशन २१ नोभेम्बरमा हुने

 

दोहा , कतार

“भाषा, धर्म, लिपि र संस्कृति हाम्रो पहिचान, किरात राईहरूको एकता हाम्रो अभियान” भन्ने मूल नारासहित किरात राई यायोक्खा (किराया) शाखा, कतारले आगामी २१ नोभेम्बर २०२५, शुक्रवार आफ्नो १०औं अधिवेशन आयोजना गर्ने भएको छ।

दोहाको एशियन टाउनस्थित वेलफेयर रेष्टुरेन्ट सभाहलमा हुने अधिवेशनमा नयाँ कार्यसमिति चयन, संस्थागत प्रतिवेदन प्रस्तुतिकरण तथा शुभकामना आदान–प्रदान एवं सांस्कृतिक कार्यक्रम मुख्य रहने शाखाले जनाएको छ।

शाखाका सचिव सुकुमार राईका अनुसार अधिवेशनका लागि निमन्त्रणादेखि अन्तिम तयारीसम्मका सबै प्रक्रिया पूरा भइसकेका छन्, र नेपाली समुदायको उल्लेख्य सहभागिताले कार्यक्रम सफल हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर १ गते आइतवार
प्रतिक्रिया दिनुहोस