२०८२ फाल्गुन २९ गते शुक्रवार | 2026 March 13th Friday

गैरआवासीय नेपाली ताराको पहिलो अडिसनमा ६८ जना बिच प्रतिस्पर्धा हुदै

दोहा– गैरआवासिय नेपाली संघ कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा हुन लागेको ‘गैरआवासीय नेपाली तारा सिजन ४’का लागि पहिलो अडिसनमा ६८ जना बिच प्रतिस्पर्धा हुने भएको छ।

गैरआवासीय नेपाली तारा सिजन ४’का लागि डिजिटल अडिसनबाट ६८ जना प्रतियोगीहरु छानिए संगै पहिलो अडिसनमा प्रतिस्पर्धा हुने भएको हो।

शुक्रबार हुने पहिलो अडिसनमा गायन बिधा बाट ४७ र नृत्य बिधा बाट २१ जना प्रतियोगिहरु डिजिटल अडिसन बाट छानिएका हुन।

सनैया स्थित फुलबारी रेस्टुरेन्टमा हुने पहिलो अडिसनमा अतिथि निर्णायकका रुपमा गैरआवासीय नेपाली संघका उपमहासचिव प्रविन गुरुङलाई जिम्मेवारी दिइएको छ।

‘नेपाली कला संस्कृतिको सम्मान गरौं, प्रवासमा रहेका  प्रतिभाको खोजी गरौं’ भन्ने मूल नाराको साथ कतारमा गायन र नृत्य विधामा हुन लागेको गैरआवासीय नेपाली तारा सिजन ४ राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ आयोजना गर्न लागिएको हो।

दोस्रो चरण २२ डिसेम्बर, तेस्रो चरण १२ जनवरी २०२४ र ग्राण्ड फिनाले २ फेब्रुअरी २०२४ मा सम्पन्न गर्ने कार्यतालिका रहेको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस