२०८२ फाल्गुन २९ गते शुक्रवार | 2026 March 13th Friday

ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने

दोहा-ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने भएको छ ।

“सभ्य भाषा ,सभ्य संस्कृति,हाम्रो पहिचान,शैक्षिक तथा आर्थिक समृद्धिका साथ सहयोग र सदभाव सबैमा विश्वब्यापी हाम्रो अभियान ” भन्ने मुल नाराका साथ  २०१४ मा कतारमा स्थापना भएको ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने भएको हो।

यहि १० फेब्रुअरी शुक्रबारका दिन  सहानिया स्थित अलदोसरी गार्डेनमा हुने बनभोज कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाईदिन कतारमा स्थापित सम्पूर्ण  सामाजिक तथा वैचारिक संघ-संस्थाका प्रमुखहरु, व्यवसायी, संचारकर्मी, कलाकार तथा साहित्यकारहरु, साथै कतारबासी सम्पूर्ण दाजुभाई तथा दिदि बहिनिहरु सबैमा आयोजकले अनुरोध गरेको छ।

उक्त मितिमा कुनै कार्यक्रम नगर्न पनि कतारमा स्थापित सम्पुर्ण संघ सस्थालाई  आयोजले अनुरोध गरेको छ।

प्रकाशित मिति : २०७९ पुष २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस